काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
सोही पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने बताइन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको हो । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद