प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न–इनमलाई गगनविरुद्ध बयान दिन दबाब दिइएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीबारे प्रधानमन्त्री बालेन्द्र साहसँग जवाफ मागेका छन्।

शर्माले सामाजिक सञ्जालमार्फत कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने भन्दै धम्की दिएको भन्ने उजुरीको वास्तविकता सार्वजनिक गर्न माग गरेका हुन्।

‘मानव अधिकार आयोगमा उनले दिएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइन क्रमशः बन्दैछन् ?’ शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

उनले इनम प्रकरणलाई रहस्यमय बनाइराख्नुभन्दा सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र निष्पक्ष तथा पारदर्शी छानबिनका लागि संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन्।

इनमकी श्रीमतीले आयोगमा दिएको उजुरीको विवरण शुक्रबार सार्वजनिक भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ