म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ गाडपार भन्ने स्थानमा पहिरोमा परि एक वृद्धाको मृत्यु भएको छ । बुधबार बिहान ११.३० बजे बस्ती पछाडीको भीरबाट खसेको पहिरोबाट उछिट्टीएको ढुङ्गा घरमा खसेपछि स्थानीय ७२ वर्षीया सीता फगामीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा श्रीमान–श्रीमती मात्र रहेको बेला घर पछाडि रहेको भीर भत्केर पहिरो खसेको थियो । ठूलो पहिरो खस्नुअघि स–साना ढुङ्गाहरु निरन्तर झरेपछि कालीगण्डकी पारी दानाबासीले सुसेल्दै, चिच्याउँदै पहिरो खस्न लागेको जनाउ दिएका थिए ।
‘बस्ती पछाडिको भीरबाट पहिरो झर्न लागेको हामीले जानकारी दिँदा दिँदै र पहिरो छेउका मान्छेहरु भाग्दाभाग्दै एक बृद्ध पहिरोमा परिहाल्नु भो’ छिमेकी बस्ती अन्नपूर्ण गापा, ३ दानाका इन्द्रसिं शेरचनले भने, ‘घरमा वृद्धवृद्धा मात्र भएको र बुढ्यौली उमेरमा भाग्न नसक्दा मानवीय क्षति हुन पुग्यो ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने