काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२५ अंकले घटेर २६६२.१४ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार पनि नेप्से २६.०५ अंकले घटेको थियो । यस्तै, आइतबार पनि नेप्सेमा १०.२४ अंकको गिरावट आएको थियो ।
मंगलबार नेप्सेमा कुल ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा १० अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने