काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० म्यादी प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिनेछन् ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० म्यादी प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले तालिम पूरा भएका म्यादी प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाउन लागिएको बताए ।
‘मुलुकभर छनोट भएका सबै म्यादी प्रहरीको तालिम पूरा भएको छ । १० दिनको तालिम लिएका छन् । उनीहरूले गत १८ माघमा नियुक्तिपत्र लिएका थिए । अब निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइँदै छ,’ उनले भने ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने