काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले अन्तराष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील क्षेत्र र सो आसपासको क्षेत्रमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा कार्यकमहरू आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र समग्र शान्ति सुरक्षामा गम्भीर असर पर्न जाने भन्दै एक महिनाका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रशासनले भनेको छ( स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) को व्यवस्था बमोजिम मिति २०८२र१०र२९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ ।
साथै निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा नेपालको संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेको प्रति स्थानीय प्रशासन सदैव प्रतिवद्ध रहेको उल्लेख छ ।
फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किन लागेकाले उनको स्वागतमा राप्रपासहितका राजावादी दल र समुहले कार्यक्रमको घोषणा गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन