काठमाडौं । शिवरात्रि मनाउन पशुपतिनाथ क्षेत्रमा घुइँचो लागेका दर्शनार्थीको भिड व्यवस्थापनका लागि प्रहरीले ३ हजार २ सय जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार सुरक्षामा कुनै कमी छैन ।
ट्राफिक प्रहरीले पशुपतिनाथ क्षेत्रमा प्रमुख सडकमा बिहानैदेखि डाइभर्सन गरेको छ । दर्शनार्थीले तोकिएका स्थानमा पार्किङ गर्नुपर्ने र त्यसका लागि ड्युटीमा खटिएका ट्राफिकले आवश्यक सहजीकरण गर्ने ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले बताए ।
शिवरात्रि मनाउन आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ । भारतसहित देशका विभिन्न स्थानबाट साधु, सन्त, महन्त तथा नाङ्गा बाबा आएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने