काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को मध्यावधिसम्म आइपुग्दा मन्त्रालयगत खर्चको स्थिति निराशाजनक देखिएको छ । चालू आवको साउनदेखि पुस मसान्तसम्मको मन्त्रालयगत खर्च स्थिति हेर्दा परराष्ट्र मन्त्रालय मात्रै अब्बल देखिएको हो ।
चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार यस अवधिमा परराष्ट्र मन्त्रालयले विनियोजन गरेको कुल बजेटको ५५.८० प्रतिशत खर्च गरिसकेको छ । यस मन्त्रालयलाई कुल ९ अर्ब १ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा कुल ५ अर्ब ३ करोड १७ लाख रुपैयाँ खर्च गरिसकेको छ ।
यस अवधिमा बजेट खर्च गर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कमजोर देखिएको छ । यस मन्त्रालयले विनियोजित बजेटको ८.४८ प्रतिशत मात्रै खर्च गरेको छ । यस मन्त्रालयलाई ८ अर्ब ९५ करोड १९ लाख बजेट विनियोजन भएकोमा ७५ करोड ९६ लाख मात्रै खर्च भएको छ ।
चालू आवको दोस्रो त्रैमाससम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४६ प्रतिशत बजेट खर्च गर्दा रक्षा मन्त्रालयले ४५ प्रतिशत बजेट खर्च गरेको छ । यस अवधिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गृह मन्त्रालयले ४२/४२ प्रतिशत बजेट खर्च गरेका छन् ।









नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने