धनगढी । कैलाली–१ मा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामलाल डगौरा थारुको घरदैलो अभियान तीव्र बन्दै गएको छ।
चुनाव नजिकिँदै जाँदा थारु समुदायसहित विभिन्न बस्तीमा पुगेका उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, विकासका आवश्यक्ता र जनचासोका विषयमा छलफल गरिरहेका छन् ।
घरदैलोका क्रममा थारुले निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीयवासीले पनि उनको सक्रियता र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको अभियान टोलीले जनाएको छ ।
कैलाली–१ मा चुनावी सरगर्मी बढिरहेका बेला थारुको घरदैलो अभियानले थप ऊर्जा थपेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने