काठमाडौं । सडकमा हिँडिरहेका वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष पक्राउ परेका छन् ।
काठमाडौंको चप्पल कारखानानजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धमाथि मुक्का बर्साउने पारस बम नामका व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहानैदेखि वृद्धमाथि मुक्का बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।
सडकमा हिँडिरहेका एक वृद्धलाई ती जीप चालकले पटक पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि प्रहरीलाई तनाव भएको थियो ।
उक्त भिडियोमा एकजना अधवैंशे बा।३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ।
‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने