धनगढी, ६ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ‘प्रेमबहादुर आले’ले धनगढी उपमहानगरपालिका–१८ फुलबारीस्थित फारलाइन टोलमा पुगेर सहिद यादव घिमिरेका परिवारसँग भेटघाट गरेका छन्।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको दशवर्षे जनयुद्धका क्रममा सरकारी पक्षबाट यादव घिमिरे सहिद भएका थिए। उनका परिवारमा आमा, बुवा र भाइ रहेका छन्।
घरदैलो अभियानका क्रममा सहिद परिवार भेट्न पुगेका आलेले सहिद परिवारको वर्तमान अवस्था, भोगिरहेका समस्या तथा आवश्यकताबारे जानकारी लिएका थिए।
उनले सहिदहरूको योगदानको सम्मान गर्दै परिवारको जीवनयापन र सुरक्षाका सवालमा राज्य गम्भीर हुनुपर्ने बताए।
भेटका क्रममा उनले सहिद परिवारका माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न पहल गर्ने विश्वास व्यक्त गरे।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन