काठमाडौँ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले २३ र २४ भदौमा भएको जेन-जी विद्रोहपछि कुन दल बदलिएको छ गम्भीर बनेर सोच्न जेन-जी पुस्तालाई आग्रह गरेका छन् ।
मोरङ-१ केराबारीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन-जी विद्रोहले समग्र क्षेत्रमा सम्पूर्ण परिवर्तन माग गरेको र उक्त मागअनुसार परिवर्तनको चरणमा कुन दल गएको छ सोच्न आग्रह गरेका हुन् ।
उनले उक्त विद्रोहले राजनीतिमा परिवर्तन, सरकारमा परिवर्तन, दलहरूमा, प्रशासनमा अनि समाजमा परिवर्तन खोजेको बताएका छन् ।
उनले भने, “एउटा निर्णय वा एउटा घोषणाबाट निश्चयन नै सम्पूर्ण क्षेत्रमा परिवर्तन हुन सक्दैन तर सुरूवात गर्न सकिन्छ । त्यो सुरुआत कसैले गर्यो कि गरेन् ? जेन-जी युवाहरूले घरमा बसेर एक्लै सोचुन् वा (डिस्कर्ड) मा जुटेर संवाद गरुन् । परिवर्तनको सुरुआत कहिँबाट भएको छ भने त्यो आशाको सुरुआत हो । त्यो कसले गरेको छ ? कुन दलले नेपाली समाजको एक एक असन्तुष्टिलाई विशेष महाधिवेशनमार्फत पहिचान गरेर निदानको नवीन दृष्टि निर्माण गरेको छ । कुन दलले विगतका कमजोरीप्रति आत्मालोचना गरेको छ रु कुन दलले आफ्नो नेतृत्व परिवर्तन गरेर अघि आएको छ ?”








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने