धनगढी, ९ फागुन । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आले आज फागुन–९ गते शनिबार धनगढी उपमहानगरपालिका–९ बङराकटानमा घरदैलो कार्यक्रमसहित स्थानीय जनतासँग भेटघाट तथा छलफल गर्नुभएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार आलेले टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। स्थानीय बासिन्दाले सडक, खानेपानी, ढल व्यवस्थापन, स्वास्थ्य सेवा र रोजगारीका विषयमा आफ्ना गुनासा तथा सुझाव राखेका थिए।
उहाँले ती समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“म चुनाव जित्न मात्र होइन, काम गर्न आएको हुँ। जनताको समस्या सुन्ने र समाधान गर्ने जिम्मेवारी मेरो हो,” भन्दै आलेले आफू परीक्षण भइसकेको र अनुभवी नेतृत्व भएको दाबी गर्नुभयो।
स्थानीयवासीहरूले समेत खुलेर आफ्ना धारणा राख्दै विकास निर्माणका कामलाई तीव्रता दिन आग्रह गरेका थिए। कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो भने मतदातासँगको आत्मीय संवादले चुनावी माहोल थप तातिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने