काठमाडौँ । रौतहटको गौरमा हिन्दु र मुस्लिम समुदायको विवादलाई थप चर्काउने भूमिका खेलेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जम्सेद र गौर नगरपालिका–६ का वडा अध्यक्ष अवध बिहारी शाहलाई पक्राउ गरेको छ ।
जम्मेद र शाह सहित कर्फ्यू उल्लङ्घन गर्ने थप २१ जनालाईपनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले बताए । उनले भने, ‘अहिलेसम्म २३ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ ।’
कर्फ्यु उल्लङ्घन गरेको आरोपमा पक्राउ पर्नेमा १५ वर्षीय मोहम्मद कैफ लगायत छन् ।
शनिवार मध्यान्ह १ बजेदेखि गौरको पूर्व मडबलवा गेट, पश्चिम लालवकैया बाँध, उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय क्षेत्रमा लगाइएको कर्फ्यू निरन्तर छ । अहिले जिल्ला प्रशासन कार्यालयमा हिन्दु मुस्लिम विवादबारे सर्वपक्षीय छलफल भइरहेको डीएसपी बस्यालले बताए ।
जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । त्यसपछि हिन्दु समुदायले रमजानमा नमाज पढेको समयमा डिजे बजाएर डिस्टर्ब गरेको मुस्लिम समुदायको आरोप छ । शनिबार दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुई वटा मोटरसाइकलमा आगजनी गरिएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने