काठमाडौं । आसन्न निर्वाचनका समयमा हुन सक्ने इन्धनको उच्च माग र सम्भावित संकटलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयातलाई थप तीव्र बनाएको छ । निर्वाचन अवधिभर बजारमा ग्यासको सहज उपलब्धता कायम राख्न निगमले भारतीय आयल कर्पोरेसनसँगको समन्वयमा लोडिङको दरलाई उच्च बनाएको हो ।
निगमद्वारा उपलब्ध गराइएको पछिल्लो विवरण अनुसार, मंगलबार (फागुन १२ गते) यो आर्थिक वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ । उक्त दिन एकैपटक १३८ बुलेट ग्यास लोड गरिएको हो, जुन करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबरको परिमाण हो । निर्वाचन केन्द्रित विशेष तयारीअन्तर्गत आपूर्ति व्यवस्थालाई सुदृढ बनाउन आयातमा यस्तो बढोत्तरी गरिएको निगमले जनाएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचनको समयमा उपभोक्ताले ग्यासको अभाव झेल्नु नपर्ने भन्दै ढुक्क रहन आग्रह गरेका छन् ।
उनले आपूर्ति प्रणालीलाई नियमित र व्यवस्थित तुल्याइएको जानकारी दिँदै बजारमा हुन सक्ने सम्भावित कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि भण्डारण र वितरण प्रक्रियालाई अझै चुस्त बनाइएको स्पष्ट पारेका छन् । निर्वाचन अवधिभर पनि ग्यासको आपूर्तिलाई यसैगरी उच्च प्राथमिकतामा राखेर नियमित गरिने निगमको योजना छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने