धनगढी, १५ फागुन । प्रेमबहादुर आले घरदैलो अभियानका क्रममा आज धनगढी उपमहानगरपालिका–४ का विभिन्न टोलमा पुगेका छन्।
कैलाली क्षेत्र नं. ५ का उम्मेदवार समेत रहेका आलेले मतदाताको घर–घरमा पुगेर आशीर्वाद तथा समर्थन मागेका हुन्।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। “जनताको विश्वास जितेर कामबाट प्रमाणित गर्ने मेरो प्रतिबद्धता छ,” उनले भने।
मतदाताहरूले पनि आफ्ना समस्या, अपेक्षा र सुझाव खुलेर राखेका थिए। खानेपानी, सडक स्तरोन्नति, शिक्षा तथा स्वास्थ्य सेवाको सुधारजस्ता विषयमा स्थानीयले ध्यानाकर्षण गराएका थिए। आलेले ती समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिएका छन्।
घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। पछिल्ला दिनहरूमा कैलाली–५ मा चुनावी गतिविधि तीव्र बन्दै गइरहेको छ भने उम्मेदवारहरू मतदातासमक्ष आफ्ना योजना प्रस्तुत गर्न व्यस्त








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने