संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–नुमबाट सेदुवा जोड्ने अरूण नदीमाथिको बेलिब्रिज शनिबार बिहान भत्किएको छ।
हेभी सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हाे। बिहान निर्माण सामग्री बोकेको हेभी गाडी पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेको प्रहरीले जनाएकाे छ।
पुल भत्किएसँगै नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ। उक्त मार्ग हुँदै प्रसिद्ध पर्यटकीय गन्तव्य मकालु बेस क्याम्प जाने–आउने गरिन्छ।
पुल भत्किँदा स्थानीय बासिन्दा, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ।
घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। तर पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन सम्भव नरहेको बताइएको छ








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन