धनगढी, १७ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेको जनसमर्थन बढ्दै गएको देखिएको छ।
धनगढी उपमहानगरपालिका–२ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा मतदाताको उल्लेख्य सहभागिता रहेको थियो।

घरदैलो भेटघाटका क्रममा उम्मेदवार आलेले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका थिए। स्थानीय विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए।
कार्यक्रमका दौरान मतदाताले टीका–माला लगाएर उनलाई अग्रिम विजयको शुभकामना दिएका थिए। कतिपयले “यसपटक जित निश्चित” भन्दै खुलेर समर्थन जनाएका थिए।

घरघरमा पुगेर मत माग्दा स्थानीयवासीको सकारात्मक प्रतिक्रिया र उत्साहजनक सहभागिताले आफू उत्साहित भएको उम्मेदवार आलेले प्रतिक्रिया दिएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा धनगढीका विभिन्न वडामा उम्मेदवार आलेको सक्रियता बढेको छ। घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले मतदातासँग निरन्तर संवादलाई प्राथमिकता दिएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन