स्याङ्जा, १७ फागुन । स्याङ्जा-२ मा आगामी निर्वाचनको माहोल तातिँदै जाँदा उम्मेदवार पदम विश्वकर्माको पक्षमा मतदाताको समर्थन बढ्दै गएको देखिएको छ।
घरदैलो अभियान तथा भेटघाट कार्यक्रमका क्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको हो।
टोल–टोलमा पुगेर मतदातासँग संवाद गर्दै विश्वकर्माले आफ्ना विकास योजना, सामाजिक न्याय र समावेशी नीतिबारे धारणा राखेका छन्। रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले जनाएका छन्।
घरदैलो अभियानका क्रममा स्थानीयवासीले सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तनका लागि आफूहरू तयार रहेको बताएका छन्। कतिपय मतदाताले विश्वकर्मालाई टीका–माला लगाएर अग्रिम शुभकामना समेत दिएका थिए।
निर्वाचन मिति नजिकिँदै जाँदा स्याङ्जाका विभिन्न गाउँ–नगर क्षेत्रमा उम्मेदवार विश्वकर्माको सक्रियता बढेको छ। निरन्तर जनसम्पर्क र प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने अभियानलाई तीव्र बनाइएको उनको सचिवालयले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन