रौतहट । निर्वाचनका समय रौतहटमा शान्ति सुरक्षा कायम राख्न पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीमार्फत सेनाले गस्ती गर्न थालेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा तैनाथ नेपाली सेनाको श्री नारायणदल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको छ ।
फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई लक्षित गर्दै सेनाले अत्याधुनिक सैनिक सवारी साधनसहित व्यापक सुरक्षा गस्ती तथा निगरानी सुरु गरेको जनाएको छ । जिल्लाका विभिन्न मतदान स्थलहरूमा एकैसाथ गस्ती परिचालन गर्दै सम्भावित जोखिमलाई नियन्त्रणमा लिन सक्रियता बढाएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा सेनाले जिल्लाभर सुरक्षा सतर्कता उच्च पारेको हो ।
मतदान केन्द्र वरपर विशेष निगरानी राखिएको र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जानकारी दिएको छ ।
श्री नारायणदल गणको टोली रौतहट जिल्लाका सबै १७ वटै स्थानीय तहमा तैनाथ रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै संयुक्त गस्ती तथा सुरक्षा व्यवस्थापन भइरहेको जनाएको छ ।
निर्वाचनका लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी र जनशक्ति परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाालले बताए । शान्तीपूर्ण वातावरणमा मतदान हुने भएकोले रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने