धनगढी । नेकपा (एमाले) का कैलाली जिल्ला कमिटी सदस्य नवराज आचार्य र चन्द्र पाठक तथा स्वतन्त्र रूपमा क्रियाशील टेकराज शर्मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
प्रवेश कार्यक्रममा कैलाली–४ का उम्मेदवार हरिराम चौधरी ‘उत्सव’ र संविधान सभा सदस्य एवं निर्वाचन परिचालन मुल कमिटीका संयोजक कृष्ण चौधरी ‘कुन्दन’ ले टीका र खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नब प्रबेशी नेताहरुले परिवर्तनको यात्रामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनीहरूले जनताका आधारभूत आवश्यकता, विकास निर्माण र पारदर्शी शासन व्यवस्थाको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउने बताए।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने