धनगढी । चुनाव प्रचारको समय सकिनै लाग्दा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार प्रेमबहादुर आले घरदैलो भेटघाट र टोल सभामा व्यस्त देखिएका छन्।
अन्तिम चरणको प्रचारप्रसार तीव्र बनाउँदै उनी दिनभर मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटिरहेका छन्।
आज मात्रै धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर उनले टोल सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
स्थानीय बासिन्दासँगको संवादमा उनले विकास निर्माण, रोजगारी सृजना, शिक्षा–स्वास्थ्य सुधार र सुशासनका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
भर्खरै वडा नम्बर–२ मा सम्पन्न टोल सभामा उल्लेख्य स्थानीय सहभागिता देखिएको थियो। कार्यक्रममा उपस्थित मतदाताहरूले उनलाई टीका तथा फूलमालाले स्वागत गरेका थिए। स्थानीयको आत्मीय स्वागतले आफू उत्साहित भएको बताउँदै आलेले जनताको विश्वासलाई मतमार्फत् अनुमोदन गर्न अपिल गरे।
“जनताको माया र भरोसाले मलाई थप जिम्मेवार बनाएको छ,” उनले भने, “यो पटक कैलाली–५ मा विकास र परिवर्तनका लागि जनमत दिनेमा म विश्वस्त छु।”
चुनावी अभियानको अन्तिम समयमा मतदातासँगको प्रत्यक्ष संवादलाई तीव्रता दिएका आलेले बाँकी समय पनि घरदैलो र साना–ठूला सभामार्फत जनतासम्म पुग्ने कार्यक्रम रहेको उनका सहयोगीहरूले बताएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन