काठमाडौं । ट्रान्जिट परेर यूएईमा रोकिएका नेपालीहरूको विवरण संकलन थालिएको छ ।
नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको परिस्थितिका कारण यूएईमा रहेका नेपालीहरूको विवरण संकलन थालिएको हो । कन्सुलर सेवा विभागले यूएईमा रोकिएका र कम्पनीको भिसा रद्द गरी नेपाल जाने क्रममा असहज परिस्थितिमा परेकालाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
त्यसका लागि विभागले अनलाइनमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । यूएई ट्रन्जिट परेर रोकिएका यात्रुलाई अनलाइन तथा क्युआर कोडमार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । इरान र इजरायल–अमेरिकाबीचको युद्धका कारण समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहयोगका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार हाल २५० को हाराहारीमा नेपाली ट्रान्जिटमा रोकिएका छन् । यो संख्या हजारसम्म पुग्ने अनुमान गरिएको सहसचिव खड्काले बताए ।
अबुधाबी र कुवेतबाट प्राप्त जानकारी अनुसार लगभग साढे २ सय नेपाली ट्रान्जिटमा परेका हुन् । हाल उनीहरू सम्बन्धित एयरलायन्सकै जिम्मामा रहेको भन्दै उनले नेपाल ल्याउने अथवा गन्तव्यमा पठाउने जिम्मेवारी समेत सम्बन्धित एयरलायन्सकै हुने बताए ।
त्यहाँको हवाई उडान नखुलेसम्म अस्थायी रूपमा खाना बस्नको व्यवस्था मिलाइएको र आकाश खुल्ने वित्तिकै प्राथमिकताका साथ उनीहरूलाई गन्तव्यमा पुर्याइने काम भइरहेको उनको भनाइ छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने