पोखरा । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। कांग्रेसका योगेश गौचन ले एमालेका इन्द्र धारा विष्ट लाई हराउँदै विजयी भएका छन्।
गौचन अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए। यसपटक उनले १,५०१ मत अन्तरले जित हासिल गरेका छन्। गौचनले ३,३०७ मत प्राप्त गरे भने निकटतम प्रतिश्पर्धी विष्टले १,८०६ मत पाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकाली ले ७५९ मत पाएका छन्। अन्य दलका उम्मेदवारहरूले कम मत पाएका छन्।
गत ०७९ सालको निर्वाचनमा पनि गौचन विजयी भएका थिए।
त्यतिबेला उनले ३,९९६ मत ल्याएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका प्रेम प्रसाद तुलाचन ले ३,०७८ मत ल्याएका थिए।
योगेश गौचन थासाङ गाउँपालिकाका बासिन्दा हुन्। उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् र पर्यटन तथा होटल व्यवसायसँग संलग्न छन्। उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकाली का छोरा पनि हुन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन