काभ्रे : काभ्रे निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतगणना परिणामअनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिनानाथ गौतम अग्रस्थानमा रहेका छन्। हालसम्मको गणनामा गौतमले ३८२३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गुणराज मुक्तानले २५०९ मत ल्याएका छन् भने एमालेका अमित लामाले १९४३ मत पाएका छन्।
यस्तै रास्वपाकी मधु चौलागाईंले ४४५ मत प्राप्त गरेकी छन् भने उज्यालोका योगेन्द्र तामाङले ३५६ मत ल्याएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने