काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा रानामगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार रानामगरले ६० हजार ११० मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेकी हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व सभामुख देवराज घिमिरेलाई ४८ हजार ७४२ को विशाल मतान्तरले पराजित गरेकी छन्।
एमालेका देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका छन्। यस्तै, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१ मत, नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपालले ३ हजार ९६६ मत पाएका छन्।
झापा २ मा कुल १ लाख ४७ हजार ५२२ मतदाता रहेकामा ९६ हजार ४३६ मत खसेको थियो। यहाँ १५ वटा राजनीतिक दल र ३ स्वतन्त्र गरी जम्मा १८ जना उम्मेदवारहरू चुनावी मैदानमा थिए।
एमालेको ‘गढ’ मानिने र शीर्ष नेताहरूको गृहजिल्ला झापामा रास्वपाकी रानामगरले निकालेको यो नतिजालाई यस निर्वाचनकै सबैभन्दा ठूलो ‘अपसेट’ का रूपमा हेरिएको छ।
अहिले बिर्तामोड, अर्जुनधारा र भद्रपुर क्षेत्रमा ‘घण्टी’ बजाउँदै खुसियाली मनाइरहेका समर्थकहरूको ठूलो भीड देखिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन