काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ।
निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ५३ हजारभन्दा बढी मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ राई हन्। उनी प्रत्यक्षतर्फ सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने