गोरखा : गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्।
मतगणनाको अन्तिम परिणामअनुसार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे।
त्यसैगरी नेकपाका उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।
नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भएका छन्।
यस क्षेत्रमा रास्वपाका गुरुङले अन्य दलका उम्मेदवारलाई उल्लेख्य मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने