काठमाडौँ : सुर्खेतकी १६ वर्षीया दलित किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनालाई सामसुम पार्न खोजिएको आशंका गर्दै दलित समुदायका युवाहरुले सचेत रहन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनीहरुले घटनालाई दबाउन विभिन्न प्रयास हुन सक्ने भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका हुन्।
युवाहरुले वडा अध्यक्ष, विद्यालय तथा अन्य सम्बन्धित निकायको मिलेमतोमा अभियुक्तको उमेर घटाउने प्रयास हुन सक्ने, अस्पतालको मेडिकल रिपोर्ट किनबेच हुन सक्ने र न्यायालयमा समेत न्याय खरिद–बिक्रि हुन सक्ने आशंका व्यक्त गरेका छन्।
“वडा अध्यक्ष र विद्यालय मिलेर बलात्कारीको उमेर घटाउन सक्छन्, अस्पतालको रिपोर्ट किनबेच हुन सक्छ, न्यायालयमा न्याय खरिद–बिक्रि हुन सक्छ, त्यसैले सबै सचेत हुनुपर्छ,” उनीहरुको अपिलमा भनिएको छ।
इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाले देशभर आक्रोश बढिरहेको छ। घटनामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन विभिन्न स्थानमा प्रदर्शन तथा आवाज उठिरहेका छन्।
दलित अधिकारकर्मी र युवाहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्दै यस विषयलाई दबाउन खोजिए त्यसविरुद्ध अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन