काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल–फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ।
एक महिनासम्मको पवित्र रमजान (रोजा) समाप्तिपछि आउने यो पर्व आत्मसंयम, त्याग र मानवताको सन्देश बोकेको महत्वपूर्ण अवसर मानिन्छ।
आज बिहानैदेखि देशका विभिन्न स्थानमा रहेका मस्जिद तथा ईदगाहहरूमा श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ। मुस्लिम समुदायका मानिसहरूले विशेष नमाज अदा गर्दै शान्ति, समृद्धि र विश्वकल्याणको कामना गरेका छन्।
नमाजपछि एक–अर्कालाई अँगालो हाल्दै “ईद मुबारक” भन्दै शुभकामना आदान–प्रदान गरिएको छ, जसले आपसी सम्बन्धलाई अझ मजबुत बनाएको छ।
इदको अवसरमा परिवार, आफन्त र छिमेकीबीच मिठा परिकार साटासाट गर्ने परम्परा छ। विशेषगरी सेवैयाँ, खीरलगायतका परिकार तयार पारेर खुशी बाँड्ने चलनले पर्वलाई अझ मिठासपूर्ण बनाएको छ। यससँगै गरिब, विपन्न र असहायलाई ‘जकात’ तथा ‘फित्रा’ प्रदान गरेर सहयोग गर्ने परम्पराले सामाजिक समानता र मानवीयताको सन्देश प्रवाह गर्छ।
राष्ट्रपति, प्रधानमन्त्री लगायतका उच्च पदाधिकारीहरूले पनि यस पर्वको अवसरमा शुभकामना सन्देश दिँदै इदले नेपाली समाजमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
बहुसांस्कृतिक र बहुधार्मिक समाजका रूपमा रहेको नेपालमा
इद उल–फित्र जस्ता पर्वहरूले विविधताबीचको एकता र पारस्परिक सम्मानलाई अझ गहिरो बनाउँदै लगेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन