जनकपुर : जनकपुरधाममा जेनजी मुभमेन्ट अलायन्सका सदस्यहरूले शान्तिपूर्ण धर्ना दिएका छन् ।
जेनजी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकारसमक्ष प्रतिवेदन हस्तान्तरण गरे पनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेनजी मुभमेन्टका सदस्यहरूले शान्तिपूर्ण धर्ना दिएका हुन् ।
उनीहरूले मंगलबार जनकपुरधामको जनकचोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिए भने प्रतिवेदन सार्वजनिक गर्न नारा समेत लगाएका छन् ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारको म्यान्डेटमा आन्दोलनको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख रहेको जेनजी मुभमेन्ट अलायन्सका धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले बताइन् ।
तर सरकारले यति लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगर्नु गलत रहेको बताइन् । उनका अनुसार सरकारले अब पनि दोषीलाई सार्वजनिक गरी कानूनी दायरामा नल्याउने हो भने जेनजी आन्दोलनको कुनै मतलब नै भएन ।
उनले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरू देशभर नै शान्तिपूर्ण धर्ना गर्ने जानकारी दिइन् । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागसहित जेनजी मुभमेन्ट अलायन्सले काठमाण्डुसहित देशका विभिन्न मुख्य शहरहरूमा निरन्तर धर्ना एवं प्रदर्शन गर्दै आएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने