काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर त्यहाँ राखिएका सुकुमवासीहरूको अवस्थाबारे अनुगमन गरिरहेको छ।
शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीहरूलाई हटाइएको थियो। हटाइएका सुकुमवासीहरूलाई नेपाल प्रहरी तथा नगर प्रहरीको टोलीले नागार्जुन र कीर्तिपुरका विभिन्न स्थान, विशेषगरी सत्सङ्ग भवनहरूमा राखेको छ।
सुकुमवासी हटाउने क्रममा मानव अधिकार उल्लङ्घन भएको आरोप उठेपछि आयोगले चासो देखाएको हो। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेल ले सुकुमवासीहरूको वास्तविक अवस्था बुझ्न टोली खटाइएको जानकारी दिए।
यसअघि आयोगले सुकुमवासी व्यवस्थापनका विषयमा सरकारलाई सिफारिस गर्दै आएको छ। २०६९ साल जेठ १ गते आयोगले वास्तविक सुकुमवासीको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था नगरी हटाउन नहुने सुझाव दिएको थियो। साथै, अतिक्रमित जग्गा खाली गराउने क्रममा अत्यधिक बल प्रयोग नगर्न र संयमित हुन पनि आग्रह गरेको थियो।
हालको अनुगमनले ती सिफारिसहरू कार्यान्वयन भएरनभएको मूल्यांकन गर्नुका साथै सुकुमवासीहरूको वर्तमान अवस्थाबारे थप जानकारी संकलन गर्ने अपेक्षा गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन