काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
सम्मेलनको सफल आयोजनाका लागि शुभकामना सन्देश दिँदै मन्त्री खनालले आयोजक समिति तथा सम्मेलनमा सहभागी सम्पूर्ण महानुभावलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
काठमाडौंबाट शुभकामना सन्देश पठाउँदै उनले जनवादी गणतन्त्र चीनको ग्वाङजाउमा सन् २०२६ अगस्ट १५ र १६ मा आयोजना भइरहेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को सफलताको कामना गरेका छन् ।
उनले विश्वका विभिन्न मुलुकमा रहेर पनि आफ्नो मातृभूमिप्रतिको माया, अपनत्व र जिम्मेवारीलाई निरन्तर जीवन्त राख्दै आएका गैरआवासीय नेपालीको योगदान नेपालको विकास यात्रामा अत्यन्त महत्वपूर्ण रहेको बताए ।
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्दै नेपालको आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरणमा उनीहरूले निर्वाह गर्दै आएको भूमिकाको हार्दिक प्रशंसा गर्ने उनले उल्लेख गरे ।
डिसी नेपालबाट साभार








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता