काठमाडौँ । पछिल्लो १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी विद्यार्थी विदेशमा पढ्नका लागि गएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०८०/०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् ।
पछिल्ला तीन वर्षमा भने एक लाख भन्दा बढीको हाराहारीमा एनओसी जारी भएका छन् । विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेका थिए । तर, आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ मा भने हरेक वर्ष एक लाख बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको देखिन्छ ।
आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिकमा थिए । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्षमा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएका हुन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने