धनगढी। सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल निर्वाचित भएका हुन ।
यस्तै, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले) का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसका तुल्सी देवकोटा निर्विरोध निर्वाचित भएका हुन ।
उम्मेदवारीउपर दाबी विरोधको सूचना नपरेपछि उनिहरु सभापतिमा निर्विरोध निर्वाचित भएको प्रदेश सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। उनले केहीबेरमा आधिकारिक घोषणा हुने उल्लेख गरे।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने