काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेका हुन् । उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसरकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसरकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको उनको भनाई थियो ।
सभापति देउवाले भने, ‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरूप फरक फरक देखिन्छ । गैरसरकारी संस्थाहरूप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अङ्गीकार गरी सरकारको सहयोगीको रूपमा काम गर्ने संस्थाहरू हुन् । यी सङ्घसंस्थाहरू भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ ।’








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने