कञ्चनपुर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) ले सुदूरपश्चिमवासीलाई बाढी तथा डुबानको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेका बेला NNSWA ले आइतबार सार्वजनिक गरेको सूचनामार्फत अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लामा बाढी र डुबानको जोखिम बढ्न सक्ने जनाएको छ।
संस्थाले सर्वसाधारणलाई नदी तथा खोलाको किनारमा नजान, मौसम तथा आधिकारिक सूचनाको नियमित पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
त्यस्तै, अत्यावश्यक बाहेक जोखिमयुक्त क्षेत्रमा नजान तथा आकस्मिक परिस्थितिका लागि आवश्यक तयारी अवस्थामा रहन पनि सूचनामार्फत अनुरोध गरिएको छ।
विपद्का बेला सहयोग तथा जानकारीका लागि मौसम जानकारीमा ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।
कञ्चनपुरमा लामो समयदेखि विपद् जोखिम न्यूनीकरण तथा समुदायको विपद् तयारीसम्बन्धी क्षेत्रमा काम गर्दै आएको NNSWA ले यसअघि पनि बाढी प्रभावित समुदायमा पूर्वसूचना, पूर्वतयारी तथा विपद् प्रतिकार्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु