काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितहरुकाे उद्धार र राहतका लागि वाईसीएल नेपालले ६ सयभन्दा बढी युवा परिचालन गरेको छ ।
भदौ १० गते विहान आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि वाईसीएलका सदस्यहरू खोज, उद्धार तथा राहत वितरणमा खटिएका हुन्।
वाईसीएलले ‘निभेको चुलो बालौँ, निभेको आशा जगाऔँ’ अभियानअन्तर्गत प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराइरहेको जनाएको छ। बाढीका कारण खाना पकाउने ग्यासको अभाव भएपछि प्रभावित परिवारलाई ग्यास सिलिन्डर, खाद्यान्न तथा लत्ता,कपडालगायतका सामग्री वितरण गरिएको छ।
रसुवाको उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलसँग समन्वय गरी चारवटा सवारीसाधनमार्फत राहत सामग्री प्रभावित परिवारसम्म पुर्याइएको वाईसीएलले जनाएको छ। बेत्रावती बजारमा प्रभावितलाई भाँडाकुँडा पनि वितरण गरिएको छ।
त्यस्तै, धादिङका हाटीगौंडा र डुप्चीलगायत सडक तथा पुल बाढीले बगाएर यातायात सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा समेत वाईसीएलको टोली पुगेको छ। टोलीले त्यहाँका बालबालिका तथा प्रभावित परिवारलाई स्टेशनरी सामग्री र जुत्तालगायतका सामग्री वितरण गरेको छ।
वाईसीएल अध्यक्ष पुष्प ओलीका अनुसार विपद्को समयमा राजनीतिक झण्डा वा ब्यानरभन्दा मानवीय सेवामा केन्द्रित भएर स्वयंसेवक परिचालन गरिएको छ। उद्धारसँगै प्रभावित परिवारको चुलो बाल्ने र संकटमा परेका नागरिकमा आशा जगाउने उद्देश्यले अभियान सञ्चालन भइरहेको उनले बताएका छन्।
वाईसीएलले आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिने जनाएको छ।








लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा
विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय संयन्त्र गठन गरिने
रवि लामिछाने नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु