कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन गरिएको छ। कंचनपुर जिल्लामा विकराल रुपमा बढ्दै गइरहेको लागुऔषध दुर्व्यसन र आत्महत्या रोकथाम गर्न सचेतना जगाउने उदेश्यले सडक नाटक प्रदर्शन गरिएको हो ।
नगरपालिकाको वडा नं. ७ कलुवापुरको चम्मन चौराहा, वडा नं. ९ राजघाट, तथा वडा नं. ४ धया पिपलचौतारामा नाटक प्रदर्शन गरिएको बताइएको छ ।

नवरस नाट्य समूह धनगढीको प्रस्तुति रहेको उक्त नाटक वल्र्ड भिजन नेपालसंगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुओ) द्धारा संचालित इन्टिग्रेटेड फ्रेमवर्क प्रोजेक्ट अन्तर्गत प्रदर्शन गरिएको हो ।
नाटकमा लागुऔषध दुर्व्यसनले समाज र परिवारमा पार्ने नकारात्मक असर तथा आत्महत्या रोकथामका उपायहरूबारे जीवन्त अभिनयमार्फत जनचेतनामूलक सन्देश दिइएको थियो।

सडक नाटक अवलोकन गर्न स्थानीय बासिन्दा तथा सयौंको संख्यामा स्कुले विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। यस प्रकारका सचेतनामूलक कार्यक्रमले विशेष गरी युवा पुस्तालाई लागुऔषध र कुसंस्कारबाट टाढा रहन तथा मानसिक स्वास्थ्य र जीवनको महत्व बुझ्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द