काठमाडौं । धनुषाको सबैला नगरपालिका–८, साविक ठिल्ला गाउँ विकास समिति क्षेत्रमा बसोबास गर्दै आएका ३८५ परिवारले लामो प्रतीक्षापछि जग्गाधनी पुर्जा पाएका छन्।
नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब पाँच वर्षपछि उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। वर्षौंदेखि स्ववासीका रूपमा बस्दै आएका परिवारले पुर्जा पाएसँगै आफ्नो बसोबास रहेको जग्गामाथि कानुनी स्वामित्व प्राप्त गरेका छन्।
नापजाँचको काम सकिए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रियामा स्थानीयको सहभागिता न्यून भएपछि पुर्जा वितरणमा ढिलाइ भएको बताइएको छ। आवश्यक प्रक्रिया पूरा गरी हाल ३८५ थान पुर्जा वितरण गरिएको हो।
यसअघि सबैला नगरपालिकाका वडा नम्बर ४, ५, ६ र १० मा ३ हजार २२६ परिवारलाई जग्गाधनी पुर्जा वितरण भइसकेको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द