सल्यान । त्रिवेणी गाउँपालिका–५ सिम्कमा शनिबार बिहान भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ८ वर्षीय रेशम बुढाथोकी, करिब १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो। घाइतेमध्ये चालक भुपाल पुनको अवस्था गम्भीर छ भने पारस बोहरा र लालमति बुढाथोकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेलाई थप उपचारका लागि दाङको घोराही पठाइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द