काठमाडौं । भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा खटिएका वाईसीएलका स्वयंसेवकले अस्थायी आवास निर्माणको काम थालेका छन् ।
सुरूदेखि नै रसुवा, नुवाकोटको प्रभावित क्षेत्रमा ६ सय स्वयंसेवक परिचालन गरिएको वाईसीएलले जनाएको छ ।
बेपत्ताहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार, खाद्यान्न तथा अत्यावश्यक राहत सामग्री वितरणसँगै पीडित परिवारको गाँस र बासको व्यवस्थापनमा सहयोग गरिरहेको अध्यक्ष पुष्प ओलीले बताए ।

राहत वितरणसँगै धादिङ र नुवाकोटका बाढीग्रस्त घरहरूको सरसफाइ र स्थानीय बासिन्दाको आवश्यकताअनुसार अस्थायी आवास निर्माणको काम अघि बढाइएको हो ।
ओलीका अनुसार मातृ पार्टीका संयोजक ‘प्रचण्ड’ को निर्देशनमा टोली खटाइएको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका-७ स्थित ठूलो खोला, लामोस्वाँती, रातमाटे र महादेव फाँटका प्रभावित परिवारहरूका लागि १५० वटा अस्थायी आवास निर्माण गरिने उनले जानकारी दिए ।
वैकल्पिक सडक हुँदै रसुवाका प्रभावित क्षेत्रमा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड तथा म्याट्रेस लगायतका अत्यावश्यक सामग्री पुर्याइएको पनि उनले बताए ।

त्यसैगरी, त्रिशूली नदीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन बाटो हुँदै नुवाकोटको विदुर नगरपालिकाका अति प्रभावित ७, ८ र ९ नम्बर वडामा पुगेर लत्ताकपडा, सिरक, डसना, औषधि, स्टेसनरी तथा खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

वाइसिएलले हाल ‘निभेको चुलो बालौँ ! मरेको आशा जगाऔँ !!’ अभियान सञ्चालन गरी पीडितहरूलाई खाना पकाउने ग्यास र खाद्यान्न उपलब्ध गराइरहेको छ।
सांगठनिक जनसम्पर्क तथा सहयोगी दाताहरूको मद्दतबाट राहत तथा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइएको संगठनले जनाएको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द