काठमाडौं । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बिहीबार बसेको बैठकमा मित्रराष्ट्र, विभिन्न निकाय तथा संस्थाबाट प्राप्त हुने खोज, उद्धार र राहत सामग्रीमा कर छुट तथा ती सामग्रीको व्यवस्थापनबारे छलफल भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको बैठकमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने तथा प्राप्त सामग्रीको प्रभावकारी व्यवस्थापन गर्ने विषयमा कुराकानी भएको प्राधिकरण प्रमुख कार्यकारी अधिकृत डा.धर्मराज उप्रेतीले बताए ।
यसैगरी, रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको समन्वयका लागि गठित परिचालन टोलीको बैठकसमेत बसेको छ। उक्त बैठकमा राहत वितरण तथा शीघ्र पुनर्स्थापनाका लागि भइरहेको कामको प्रगति अवस्थाबारे समीक्षा गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द