प्रधानमन्त्री राहत कोषमा १५ अर्ब जम्मा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सरकारले सञ्चालन गरेको कोषमा आर्थिक सहयोग थपिँदै गएको छ।

प्रधानमन्त्री राहत कोषमा हालसम्म १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सरकारले संकलित रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ।

कार्यालयका अनुसार विभिन्न नौ वाणिज्य बैंकमा रहेको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ