काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैबीच, संघीय संसद् सचिवालयका अनुसार आज चारवटा संसदीय समितिका बैठक पनि बस्दैछन्। अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले छुट्टाछुट्टै विषयमा छलफल गर्ने भएका छन्।
अर्थसमितिको बैठक बिहान १० बजे सुरु हुनेछ। बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल हुनेछ। साथै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहान १० बजे ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्नेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ। बैठकमा नेपालमा स्वदेशी, विदेशी, निजी तथा सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनका कारण लगानी क्षेत्रमा परेको प्रभाव र राष्ट्रिय तथा प्रादेशिक लगानी सम्मेलनको व्यवस्थापनबारे छलफल हुनेछ। लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका विषय पनि बैठकमा उठाइनेछ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। उक्त बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले