भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

दाहालकी छोरी डेनिकाले दायर गरेको रिटमाथि मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो। अदालतले दाहाललाई पक्राउ गर्नुको आधार र कारणसहित जवाफ पेश गर्न सम्बन्धित पक्षलाई आदेश दिएको छ।

दाहाललाई आइतबार मोरङबाट प्रहरीले पक्राउ गरी साइबरसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सामग्री फैलाएको विषयमा उनीमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ