काठमाडौं । नेपाली कांग्रेसले १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउने स्पष्ट गरेको छ। पार्टीको विधानअनुसार सदस्य बन्न कम्तीमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने भन्दै केन्द्रीय निर्वाचन समितिले मातहतका निकायलाई सोहीअनुसार प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा १५ औँ महाधिवेशनअन्तर्गत इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईंको जिम्मेवारीसमेत उमेरका कारण स्थगित गरिएको जनाइएको छ।
चापागाईंको उमेर १७ वर्ष पूरा भए पनि १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि उनको निर्वाचित क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी कार्यान्वयन नगर्ने निर्णय गरिएको हो।
विज्ञप्तिअनुसार नागरिकताको विवरणमा चापागाईं आगामी २०८३ माघ १८ गते १८ वर्ष पूरा हुने देखिएको छ। त्यसपछि उनले चाहेमा पार्टी सदस्यता कायम गर्न सकिने समितिले स्पष्ट पारेको छ।
यस्तै, अन्य जिल्लाका वडा तहका अधिवेशनमा पनि १८ वर्ष उमेर पूरा नगरेका व्यक्ति निर्वाचित भएको पाइएमा त्यस्ता निर्वाचन परिणाम कार्यान्वयन नगर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले