काठमाडौं । अविरल वर्षाका कारण बाढी, डुबान तथा सडक अवरुद्ध हुने जोखिम बढेपछि विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
विराटनगर महानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन नगर क्षेत्रका विद्यालयमा पठनपाठन बन्द गर्ने भएको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, बस्ती र सडक डुबानमा पर्न सक्ने तथा आवतजावत प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै बिदा दिइएको हो।
यस्तै, बुटवल उपमहानगरपालिकाले पनि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन रोक्ने निर्णय गरेको छ। असोज ८ गते दिवा सत्रका कक्षा र असोज ९ गते बिहान तथा दिवा दुवै सत्रका कक्षा सञ्चालन नहुने उपमहानगरपालिकाले जनाएको छ।
पोखरा महानगरपालिकाले पनि सम्भावित वर्षाजन्य जोखिमलाई मध्यनजर गर्दै बिहीबार र शुक्रबार सबै विद्यालयमा स्थानीय बिदा दिएको छ। महानगरका अनुसार यी दुई दिन बन्द भएका कक्षाको बिदा पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिनेछ।
नोट : एआई निर्मित फोटो








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले