काठमाडौं । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ।
मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेको बैठकले असोज ८ गतेदेखि ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार उक्त अवधिमा ठूलो वर्षाको पूर्वानुमान रहेकाले जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।
वर्षा र बाढीको अवस्था हेरेर दिनको समयमा समेत सवारी रोक्नुपर्ने अवस्था आए जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ। निर्णय कार्यान्वयनमा सहजीकरण गर्न सिन्धुली र भक्तपुर प्रशासनसँग समेत समन्वय गरिने जनाइएको छ।
बैठकले नदी किनार र पहिरोको जोखिममा रहेका बस्तीलाई पूर्वसूचनामार्फत सचेत गराउने तथा उद्धार टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक उद्धार तथा समन्वयका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवागमन नगर्न र मौसम तथा विपद्सम्बन्धी पूर्वसूचनालाई गम्भीरतापूर्वक लिन सर्वसाधारणलाई आग्रह गरेको छ।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले