काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका प्रमुख नदी तथा खोलामा जलसतह बढेर बाढी आएको छ।
बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती र नख्खुसहितका नदी तथा खोलामा पानीको बहाव बढेपछि आसपासका क्षेत्रमा जोखिम बढेको हो।
नदीको जलसतह बढेपछि सुरक्षाकर्मीले करिडोर सडकमा माइकिङ गर्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिरहेका छन्। जोखिम बढेका केही सडकखण्डमा आवागमनसमेत रोकिएको छ।
बाढी महाशाखाका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानका नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको जोखिम उच्च रहने सम्भावना छ।
उपत्यकामा बिहीबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले नदी किनार तथा तल्लो भेगमा थप सतर्कता अपनाउन आग्रह गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द